Scroll To Top
News Trending

Popular Posts

Facebook Like

मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

तपाइले  सायदै यस्ता मानिस भेट्नुभएकेा छैन  होला जसको मुखबाट आफ्नो मोबाइलको बारेमा राम्रो कुरा बताउने  । सबैले आफ्नो मोबाइल फोनको ब्याट्रीको चार्ज नै खप्दैन भन्ने लगायतका गुनासो गरिरहेकै हुन्छन् ।
अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा मोबाइल फोनको ब्याट्रीको आयु सोही मुताविक बढ्दै जान सकेको छैन । जसका कारण मोबाइल जति उच्चस्तरीय भयो ब्याट्री उति नै कम खप्ने भइदिन्छ ।
तर मोबाइलको ब्याट्रीको आयु मोबाइलको समग्र फिचरमा मात्र होइन यसको चार्ज गर्ने तरिकामा पनि निर्भर हुन्छ । मोबाइलको ब्याट्रीलाई दिन तपाइँले सही तरिकाले चार्ज गर्नुभयो भने त्यसको कार्यक्षमता तथा आयु पनि बढ्दछ ।
फोन निर्माता कम्पनीहरुका अनुसार मोबाइलका ब्याट्रीहरुको औषत आयु ३ सय देखि ५ सय पटकसम्म चार्ज गर्नका लागि हुन्छ । त्यसपछि ब्याट्रीको क्षमता घट्न थाल्दछ र ब्याट्रीले चार्जलाई राम्रोसँग संग्रह गर्न सक्दैन ।
विज्ञहरुका अनुसार मोबाइलको ब्याट्रीको चार्ज पूरै रित्याउने गरी प्रयोग नगर्ने मात्र होइन की शत प्रतिशत चार्ज पनि गर्नुहुँदैन ।
लिथियम आयन ब्याट्रीलाई ४० देखि ८० प्रतिशतसम्म चार्ज गरेर राख्नुपर्छ । ब्याट्रीको चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु उत्तम हुन्छ ।
मोबाइलको ब्याट्रीलाई एक महिनामा एक पटक भन्दा बढि शत प्रतिशत चार्ज गर्नुहुँदैन । ब्याट्रीलाई शत प्रतिशत चार्ज गर्नु भनेको कम्प्युटरलाई रिस्टार्ट गर्नु जस्तै हो, जुन पटक पटक गर्नु हुँदैन ।
मोबाइल फोन किन्ने बेलामा सँगसँगै जुन चार्जर आएको हुन्छ आफ्नो मोबाइल फोनलाई सोही चार्जरले चार्ज गर्नु राम्रो हुन्छ । बजारमा पाइने जुन पायो त्यहीँ चार्जर प्रयोग गर्नु मोबाइल फोनकेा ब्याट्रीका लागि हानिकारक हुनसक्छ । चार्जर ठीक भएन भने त्यसले पूरै फोनलाई नै क्षति पूराउन सक्छ ।
लिथियम आयन ब्याट्रीलाई धेरै दिनसम्म चार्ज नगरीकन राख्नु हुँदैन । यपद ४०-५० प्रतिशत सम्म चार्ज गरेर राख्नुहुन्छ भने ठीक छ । यसरी प्रयोग नगरीकन राखिएका मोबाइल फोनका ब्याट्री महिनामा ५ देखि १० प्रतिशत सम्म डिस्चार्ज हुन्छन् ।


from SHYANE http://ift.tt/1OGI6KP
via समाचार

Share This:

No Comment to " मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका "