Scroll To Top
News Trending

Popular Posts

Facebook Like

फेसबूकले आकास बाटै इन्टरनेट छोड्ने

◆◆ २०३३ सालको पञ्चायती व्यवस्थामा राष्ट्रघाती लेखिएको पर्चा बा“डेकोमा राजकाज मुद्धाको अभियोग लागेका संविधानसभाका अध्यÔ सुवास नेम्वाङले काठमाडौं जिल्ला अदालत अनुसार १८ दिन जेल भुक्तान गर्न बा“की देखियो । व्यवस्थापिका संसदको विधायन समितिले लैंगिक हिंसा अन्त्य गर्ने बनेको विधेयक २०७१ अनुसार तेजाव आक्रमण्ँकारीलाई ५ देखि ८ वर्Èसम्म कैद सजाय र ३ लाख सम्मको जरिवाना हुने विधेयक पारित । नेपाल राष्ट्र बैकले वित्तीय संस्थाबाट ब्याजदरमा ऋण्ँ लिएर विदेशमा लगानी गर्ने वा परियोजनाका नाममा ऋण्ँ लिएर अन्तै लगानी गर्ने माथि अनुसन्धान सुरु । ११ दिनदेखि आमरण्ँ अनशनरत प्रा. डा. केसीको १० बु“दे माग अनुसार सरकारल शिÔामन्त्री र त्रिभुवन विश्वविद्यालयका पदाधिकारी बर्खास्त गर्न नसक्ने जानकारी अन्य विषयमा सहमतिमा आउन तयार । एमाओवादी नेता टोपबहादुर रायमाझीको संयोजकत्वमा प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले देशभर संयुक्त युवा दस्ता बनाउने, प्रतिरोधका लागि दस्ता बनाउने सचिवालय बैठकको निर्णय । प्रचार विभाग प्रमुख भएकै दिन नेकपा एमालेका सचिव योगेश भट्टराईले रु. ५० हजार राशीको मदन भण्डारी पत्रकारिता पुरस्कारको घोÈण्ाँ, जेठ ३ गते पारेर पत्रकारिता पुरस्कार प्रदान गरिने । आन्दोलन फिर्ता गरेकोमा प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा असन्तुष्ट , प्रस्ताव अनुसार १९ गतेको नेपाल बन्द सहित २३ गते सम्मको आन्दोलन फिर्ता, २४ देखि २६ गते सम्मको आम हड्ताल कायमै । जर्मनी अधिकारीहरुले मङगलबार दुर्घटनाग्रस्त बनेको जर्मन विङसको विमानका सहचालक मानसिक बिरामि रहेको र आफुलाई संसारभर चिनाउन जानिजानि दुर्घटना गराएको तथ्य सार्वजनिक । यमनमा एक शरण्ाँर्थी शिविरमा गरिएको हवाई आक्रमण्ँमा ४० जनाको मृत्यु, आक्रमण्ँको घटना प्रति साउदी सरकार र हुथी विद्रोेहीले एक–अर्कामाथि दोÈ । १९९६ देखि लगातार १४ पटक विश्वको नम्बर वन गल्फर बनि कीतिर्मान रचेका च्याम्पियन ३९ वर्Èीय टाइगर वुड्स पहिलो पटक शीर्È १०० गल्फ खेलाडीमा पर्न असफल । न्यूजिल्याण्डका अल टाइम लिडिङ विकेट टेकर डानियल भिट्टोरीले सबै प्रकारका अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास, २०१५को विश्वकप स“गै डानियलको न्यूजिल्याण्डका लागि ४४२ अन्तराष्ट्रिय खेलमा ७०५ विकेटको इतिहास ।
 विश्वका बिकाश उन्मुख रास्ट्र हरुका लागि सुलभ इन्टरनेट उपलब्ध गराउने उदेश्य अनुरुप फेसबुकले  विश्वभर इन्टरनेटको सुविधा उपलब्ध गराउने योजनामा अघि बढेको छ । फेसबुकले हालै  सौर्यउर्जाबाट चल्ने मानव रहित विमान अर्थात् ड्रोनको मद्दतले फेसबुकले विश्वका दुर्गम इलाकाहरुमा समेत इन्टरनेट उपलब्ध गराउन सक्ने सफल परिक्षन गरेको छ  ।
बेलायती समाचारपत्र दी गार्जियनका अनुसार फेसबुकका प्रमुख कार्यकारी तथा संस्थापक समेत रहेका मार्क जुकरबर्गले बेलायतमा यस्तो प्रकारको ड्रोनको परीक्षण गरिएको बताएका छन् । उक्त बिमानको पखेटाको लम्बाइ व्यवसायिक विमानको जत्रै रहेको छ ।
ग्रामीण तथा इन्टरनेटको पहुँच नभएको क्षेत्रहरुमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि यो मानव रहित विमानले लेजर बिमको माध्यमबाट पृथ्वीमा इन्टरनेट तरंग प्रसारित गर्नेछ । जुकरबर्गले आफ्नो ब्लग पोष्टमा भनेका छन्, ‘पूरै दुनियालाई इन्टरनेट सँग जोड्नका लागि हाम्रो अभियानको रुपमा हामीहरुले मानवरहित ड्रोन विमानको निर्माण गरेका छौँ । जसले आकाशबाट धर्तीमा इन्टरनेट तरंग पठाउनेछ ।’
बेलायतमा यो बिमानको सफल परीक्षण गरिएको बताउँदै उनले यो विमान पूरै विश्वमा इन्टरनेट सुविधा पूराउने काममा सहयोगी हुने दाबी गरेका छन् । इन्टरनेट सुविधाबाट बन्चित विश्वका १० प्रतिशत मानिसमा इन्टरनेट सुविधा पूराउने क्षमता यो विमानमा रहेको जुकरबर्गको दाबी छ ।
फेसबुकको उक्त ड्रोनको पखेटाको लम्बाइ २९ मिटर रहेको छ जुन बोइङ ७३७ को भन्दा पनि बढि हो । तर यसको वजन भने कारको भन्दा पनि कम छ ।
त्येस्तै  गुगलले पनि ड्रोन तथा बेलुनको माध्यमबाट  विश्वमा इन्टरनेट सुविधा उपलब्ध गराउने विषयमा काम गरिरहेको छ ।

Share This:

No Comment to " फेसबूकले आकास बाटै इन्टरनेट छोड्ने "