अर्को पृथ्वी पत्ता लाग्ने
खगोलविदहरुले हालै मानव बसोबास योग्य रहेका थप ८ वटा ग्रह पत्ता लागेको दाबी गरेका छन् । केप्लर स्पेस टेलिस्कपको माध्यमबाट नयाँ ८ वटा बसोबासयोग्य ग्रह पत्ता लागेसँगै यस्ता ग्रहको संख्या १ हजार पुगेको छ ।
तर खगोलविदहरुको यो दाबी उनीहरुमै मात्र सिमित छ अहिलेको लागि । सर्वसाधारणले आफ्नो दुरविनले त्यस्ता ग्रहलाई कहिले आफ्नै आखाले देख्न पाउलान् वा मानिसहरु कहिले ती ग्रहमा पुग्न पाउलान् ? त्यो त भविष्यकै गर्भमा छ ।
तर अमेरिकी अन्तरिक्ष सस्था नासाका एक खगोलविदको कुरामा विश्वास मान्ने हो भने अबको १५ वर्षभित्रमा पृथ्वीजस्तै एक नयाँ ग्रह पत्ता लाग्नेछ । पृथ्वीमा भएजस्तै समुद्र भएको उक्त ग्रहमा जान भने सजिलो हुनेछैन किनकी त्यस ग्रहमा पुग्नका लागि आइन्स्टाइनको सापेक्षताको नियमलाई तोड्नुपर्नेछ ।
नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका खगोलविद डाक्टर जोन म्याथरका अनुसार ब्रम्हाण्डमा सबैभन्दा पहिले उत्पत्ति भएको चम्किलो पदार्थ पत्ता लगाउनका लागि विशाल दूरविनको प्रयोग गरिनेछ । साथै यसबाट आफ्नो सौर्यपरिवार बाहिर रहेका पृथ्वीजस्तै ग्रहको समेत खोज गरिनेछ ।
अल अबाउट स्पेस नामक म्यागेजिनमा दिएको अन्तरवार्तामा उनले अबको पन्ध्र वर्ष भित्रमा पृथ्वीकै आकारको तथा पर्याप्त पानी सहित समुद्र समेत रहेको नयाँ ग्रह पत्ता लाग्ने अपेक्षा गरेका छन् ।

No Comment to " अर्को पृथ्वी पत्ता लाग्ने "