Scroll To Top
News Trending

Popular Posts

Facebook Like

पारस बने डिभिजन टूको उत्कृष्ट खेलाडी

नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेदरल्याण्ड च्याम्पियन बनेको छ भने नेपाल चौथोमा सिमित भएको छ । तर, नेपाली कप्तान पारस प्लेयर अफ दि सिरिज घोषित भएका हुन् । नामिबियामा खड्काको व्याटिङ र बलिङ दुबै उत्कृष्ट थियो । उनले प्रतियोगितामा कुल ६ विकेट लिएका छन् भने दुई अर्धशतकसहित १८५ रन बनाएका छन्, जसमा २० चौका र ६ छक्का समेत संलग्न छ । खासगरी प्रतियोगिताको दुई बलियो टीम नेदरल्याण्ड र नामिबियाविरुद्ध नेपालले जित हात पार्दा कप्तान खड्काको महत्वपूर्ण भूमिका रहृयो । नेदरल्याण्डबिरुद्ध नेपालले २ विकेटको जित हात पार्दा उनले २५ रन खर्चेर २ विकेट लिए भने १९ रन पनि बनाए । क्यानडाबिरुद्ध ७७ रन बनाउनुकासाथै १ विकेट पनि लिए । जुन खेल नेपालले ७ विकेटले जित्यो । यस्तै नामिबियाबिरुद्ध नेपालले ३ विकेटको जित हात पार्दा पारसले ६४ रन बनाएका थिए । डिभिजन टूमा नेपालको पहिलो खेलमा पारसले १४ रन दिएर युगाण्डाको ३ विकेट लिएका थिए भने ५ रन पनि जोडेका थिए । यस्तै लिग चरणको अन्तिम खेलमा केन्याविरुद्ध २० रन बनाएका उनी तेस्रो स्थानका लागि केन्यासँगै भएको खेलमा भने शुन्यमा नै आउट भए ।
केन्यासँग लगातार दोस्रो हार 
केन्यासँग ५ विकेटले पराजित हुँदा डिभिजन वानमा पुग्नबाट चुकेको नेपाल शनिबार फेरि केन्यासँग नै स्तभ्द भएको छ । तेस्रो स्थानका लागि नेपाल र केन्या भिडेका थिए, जुन खेल नेपालले १५ रनले गुमाएको छ । केन्याले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याएको नेपाल ४७ ओभरमा १९३ रनमा अलआउट भयो । विनोद भण्डारी र ज्ञानेन्द्र मल्लले १०७ रनको साझेदारी गरेपनि अन्य व्याट्सम्यान चल्न सकेनन् । ३५ रन जोड्दा ३ विकेट गुमाएको नेपालको पारी विवोद र ज्ञानेन्द्रले सम्हालेका थिए । चौथो विकेटका रुपमा ज्ञानेन्द्र ४८ रनमा आउट हुँदा नेपालको स्कोर १४२ थियो । थप २० रन जोड्दा विनोद ७७ रनमा आउट भए । ८३ बलको सामना गरेका विनोदले ६ चौका र २ छक्का हानेका थिए । तर, विनोद आउट भएपछि नेपालले थप ३१ रन जोड्दा बाँकी ५ विकेट गुमायो । यसअघि टस हारेर व्याटिङको निम्तो पाएको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २०८ रन बनाएको थियो । उसका लागि नेल्सन ओधिआम्बोले ४८, नरेन्द्र पटेलले ४४ र राकिप पटेलले ३२ रनको योगदान दिए । नेपालका सोमपाल कामीले १० ओभरमा दुई मेडन राख्दै ४१ रन खर्चिएर ३ विकेट लिए । सागर पुनले २ तथा शक्ति गौचन र भुवन कार्कीले समान १-१ विकेट लिए ।
नेपाली खेलाडीको प्रदर्शन कस्तो ? 
डिभिजन टूमा सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल बने । उनी प्रतियोगिताका धेरै रन बनाउने ब्याट्सम्यानहरुको सूचीमा शीर्ष तीनमा परे । उनले ६ खेलमा २३६ रन बनाए, जसमा केन्याविरुद्ध अविजित ९१ समेत छ । दोस्रो स्थानमा पारस रहे, उनले १८५ बनाए । विनोद भण्डारीले १४४ रन बनाए, जसमा अन्तिम खेलमा शनिबार केन्याविरुद्धको ७३ पनि छ । बलिङतर्फ नेपाली तीव्र गतिका बलर सोमपाल कामी ११ विकेटका साथ शीर्ष पाँचमा परेका छन् । करण केसीले ९ विकेट लिए । डेब्यू प्रतियोगितामा उनले निकै उत्कृष्ट बलिङ गरे । बसन्त रेग्मी र शक्ति गौतनले समान ७/७ विकेट लिए । यो प्रतियोगिताकै क्रममा बसन्त रेग्मी विश्व क्रिकेट लिगमा १०० विकेट लिने पहिलो क्रिकेटर बने ।
नेदरल्याण्ड च्याम्पियन
नामिबियालाई ८ विकेटले पराजित गर्दै नेदरल्याण्डले डिभिजन टूको उपाधि जितेको छ । पहिले व्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर २१२ रन बनायो । उसका लागि विलियम्सले ५४ रन बनाए । जवाफमा नेदरल्याण्डले ४१ ओभरमा मात्र २ विकेट गुमाएर जित हात पार्‍यो । उसका लागि पिटर बोरेनले अविजित ६० तथा बेन कुपरले अविजित ५१ रन बनाए । उसका माइबर्गले ५० र महमदले ४१ रन बनाए । नामिबियाको ५ विकेट लिएका रिपोन म्यान अफ दि फाइनल बने ।

Share This:

Labels:

No Comment to " पारस बने डिभिजन टूको उत्कृष्ट खेलाडी "