सुरु गर्यो टि्वटरले ग्रुप च्याट
टि्वटर प्रयोगकर्ताले अब टि्वटरमा ग्रुप च्याट गर्नुका साथै भिडियो रेकर्डिङ र शेयरिङ गर्न सक्ने भएका छन् । टि्वटरले हालै ग्रुप च्याटिङका साथै ३० सेकेण्ड सम्मको भिडियो रेकर्ड र शेयर गर्न सकिने फिचर्स थप गरेको छ ।

यसका साथै टि्वटरको स्मार्टफोन एपमा भिडियो खिच्ने, इडिट गर्ने र शेयर गर्ने फिचर समेत थपिएको छ । यो फिचरको सहायताले ३० सेकेण्ड सम्मको भिडियो रेकर्ड गरि शेयर गर्न सकिन्छ ।

छिटै एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताको लागि पनि यो सुविधा उपलब्ध गराइने टि्वटरले जनाएको छ । टि्वटरका अनुसार छोटो समयमै यो फिचर्स सबै टि्वटर प्रयोगकर्ताका लागि उपलब्ध गराइनेछ
No Comment to " सुरु गर्यो टि्वटरले ग्रुप च्याट "