Scroll To Top
News Trending

Popular Posts

Facebook Like

भ्यागुताले जन्मायो चेपागाडा

वैज्ञानिकहरुले पहिलोपटक भ्यागुताले चेपागाडा जन्माएको तथ्य फेला पारेका छन् । अधिकांस प्रजातिका भ्यागुताले फुल पार्ने र केहीले बच्चा भ्यागुता जन्माउने गरेकोमा वैज्ञानिकहरुले भ्यागुताबाट फुल र बच्चाको साटो चेपागाडा जन्मिएको तथ्य फेला पारेका हुन् । भ्यागुताले चेपागाडा जन्माएको जिव विज्ञानका लागि नयाँ तथ्य बनेको छ ।
इण्डोनेसियाको सुलावेसी प्रान्तमा पाइने दाह्रावाल प्रजातिको Limnonectes larvaepartus नामक भ्यागुतालाई झण्डै १ दशकसम्म अध्ययन गरि जिव वैज्ञानिकहरुले यस्तो अनौठो तथ्य फेला पार्न सफल भएका हुन् । उक्त प्रजातिको भ्यागुताले फुल र बच्चा जन्माउनुको साटो चेपागाडा जन्माउने गरेको आशंकामा वैज्ञानिकहरुले एक दशकदेखि उक्त प्रजातिको भ्यागुतालाई पछ्याइरहेका थिए ।
प्लस वन जर्नलमा छापिएको शोधका मुख्य शोधकर्ता डाक्टर जिम गुरीले आफुले आफ्नै हातमा समाएको पोथी भ्यागुताले भटाभट चेपागाडा जन्माएको देखेको बताए ।


विश्वमा पाइने झण्डै ६ हजार भ्यागुताको प्रजाति मध्ये अधिकांसको बाह्य प्रजनन हुन्छ । पोथी भ्यागुताले सुरुमा फुल पार्छ र पानीमा रहेको फुलमा भालेले आफ्नो शुक्रकिट छाडेपछि फर्टिलाइजेसन हुन्छ । विश्वमा पाइने मध्ये केवल १०।१२ प्रजातिको मात्र आन्तरिक प्रजनन हुन्छ । आन्तरिक प्रजनन हुने अन्य सबैले बच्चा जन्माउने वा बच्चा सहितको फुल पार्ने भएपनि यो नयाँ प्रजातिको भ्यागुताले भने चेपागाडा जन्माउने गरेको पाइएको शोधकर्ता बताउँछन् ।
भ्यागुतामा बाह्य प्रजनन हुनुको मुख्य कारण भाले भ्यागुतामा अन्य जिवमा जस्तो यौनांगको अभाव हुनु हो । यौनांग नहुने कारणले गर्दा भाले भ्यागुताले आफ्नो शुक्रकिट पोथीको जिउभित्र पठाउन गाह्रो हुन्छ । आन्तरिक प्रजनन गर्ने भ्यागुताका भालेले पोथीको सरीरमा कसरी शुक्रकिट पठाउँछन् भन्ने कुरा भने रहस्यको गर्भमै रहेको शोधकर्ताको भनाइ छ ।
अमेरिकामा पाइने दुइवटा प्रजातिका भाले भ्यागुतामा भने लिंग आकारको अंग पाइएको छ । चेपागाडा जन्माउने यो इण्डोनेसियाली भ्यागुतोमा भने त्यस्तो कुनै अंग समेत छैन l 

Share This:

No Comment to " भ्यागुताले जन्मायो चेपागाडा "