Scroll To Top
News Trending

Popular Posts

Facebook Like

शाओमी (Xiaomi) लाई भारतमा बिक्रि बितरण गर्न प्रतिबन्ध

बिश्वकै तेस्रो ठूलो स्मार्टफोन उत्पादकका रुपमा स्थापित चिनियाँ कम्पनी शाओमी (Xiaomi) लाई भारतमा बिक्रि बितरण गर्न प्रतिबन्ध लगाइएको छ ।
दिल्लीस्थित उच्च अदालतले सोमबार शाओमीलाई आयात, बिक्रिबितरण र बिज्ञापन गर्न प्रतिबन्ध लगाउने आदेश दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
आफ्नो डिजाइन र प्याटेन्ट चोरेको भन्दै युरोपेली मोबाइल कम्पनी सोनी इरिक्सनले दायर गरेको मुद्दामाथि फैसला गर्दै दिल्ली उच्च अदालतले जिओमीको बिक्रिबितरणमाथि प्रतिबन्ध लगाएको हो ।
तर, यस्तो प्रतिबन्ध शाओमीका सवै सेटमा हो वा कुनै निश्चित मोडलका सेटमा मात्र लागू हुने भन्ने खुलाइएको छैन् ।
शाओमीका भारतस्थित अधिकारीले भने यसबारे अनभिज्ञता प्रकट गरे । ‘अदालतको आदेशबारे हामीलाई कुनै जानकारी छैन, तर हाम्रा कानुन बिज्ञले स्थितिको अध्ययन गरिरहेका छन’ उनले भने । कम्पनीका लागि भारत सवैभन्दा महत्वपूर्ण बजार भन्दै उनले सोनी इरिक्सनसँग छलफल गरी बिबाद टुंगाउनसमेत तयार रहेको बताए ।
Xiaomi-2चीनमा सवैभन्दा लोकप्रिय शाओमी मोबाइलले एन्ड्रोइड अपरेटिङ सिस्टमका मोबाइल उत्पादन गर्दै आएको छ । निकै कम मूल्यमा उच्च क्षमताका मोबाइल बिक्रि गर्दै आएको शाओमी स्थापना भएको तीन बर्षमै झण्डै ३३ करोड थान मोबाइल बिक्रि गर्दै सामसुङ र एप्पलपछि बिश्वको तेस्रो ठूलो मोबाइल उत्पादक बनेको छ ।
गत जुनमा मात्र भारतीय बजारमा प्रवेश गरेको शाओमीले यस अबधिमा निकै आक्रामक बजार विस्तार गर्‍यो । अक्टुवर महिनामा मात्रै उनले भारतमा ५ लाख सेट अनलाइनमार्फत् बिक्रि गरेको छ ।
शाओमीमाथि दर्जनौं स्थापित ब्राण्डको डिजाइन चोरी गरेको आरोप लाग्ने गरेको छ । एप्पल, सामसुङ लगायतका कम्पनीका डिजाइन नक्कल गरी निकै सस्तो मूल्यमा दिएपछि चीनमा जिओमी छोटो समयमा निकै लोकपि्रय बनेको छ ।
पश्चिमाको डिजाइन नक्कल गर्दा आन्तरिक बजारमा कुनै चुनौती भोग्नु नपरे पनि बिश्वबजारमा प्रवेश गर्नासाथ प्याटेन्ट र डिजाइनको स्वामित्वको लफडामा फसेको छ । जिओमीमाथि बिक्रिको झुटो बिबरण दिएर बजारलाई ठग्ने गरेको, कृतिम अभाव सिर्जना गरेर बजारमा लोकपि्रय देखाउने कोसिस गरेको जस्ता अरोप पनि लाग्दै आएका छन् ।

Share This:

Labels:

No Comment to " शाओमी (Xiaomi) लाई भारतमा बिक्रि बितरण गर्न प्रतिबन्ध "