Scroll To Top
News Trending

Popular Posts

Facebook Like

आजका प्रमुख समचार

  देशमा आन्दोलन नभइ अमन चयन आवश्यक रहेको भन्दै आन्दोलन छाडेर देशको विकास र शान्ति स्थापनामा क्रियाशील हुन सबैलाई प्रधानमन्त्री सुशील कोइरालाको आग्रह । संविधान निर्माणका लागी मस्यौदा निर्माणसम्मका लागि सबै नियम निलम्बन गरी आफुलाई स्वविवेकीय अधिकार दिन संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रस्ताव । बढ्दो दुर्घटना रोक्न यातायात व्यवसायीको सिन्डिकेट ब्यवस्था तत्काल खारेज गर्न नेपाल प्रहरीद्वारा सरकारलाई सिफारिस । प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले गर्ने आन्दोलनलाई आफ्नो समर्थन रहेको मोहन बैद्य नेतृत्वको नेकपा माओवादीको भनाई । चमेलिया जलविद्युत आयोजना अनियमितता प्रकरणमा उर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई निलम्वन गरि कारवाही गर्नुपर्ने भएपनि सरकार उदासीन । न्यायपरिषदले सर्वाेच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रिया अवैधानिक, प्रक्रिया जिल्ला र पुनरावेदनका लागि सर्वोच्चले खारेज गरिसकेको प्रक्रियासँग मिल्दोजुल्दो । तस्करीका क्रममा बरामद हुने सुनबाट पछिल्ला तीन वर्षमा करिव साढे २३ करोड रुपैयाँ को ७० प्रतिशत नक्कली सुराकी खडा गरी प्रहरीले लिएको खुलासा । देशमा माघ ८ गते संविधान जारि नभएमा भारतमा रहेका नेपालीहरुले भारतव्यापी आन्दोलन गर्ने, आफ्ना समस्याहरुलाई लिएर उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र दिने । चिकित्साशास्त्र अध्ययन संस्थानको कार्यक्रम विस्तार गर्न त्रिभुवन विश्वविद्यालयले कीर्तिपुर परिसरमा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु ग¥यो । बैदेशीक रोजगारीको लागि मलेसिया पुगेका युवाहरू नेपालीबाट समेत ठगिएको मलेसिया स्थित नेपाली दूतावासका निश्कर्ष  । जिल्ला प्रहरी कार्यलय धनकुटामा कार्यरत प्रहरी जवान योगेन्द्र कार्र्कीले लोड गरेर कोठामा छोडेको पेस्तोल खेलाउने क्रममा पड्केर उनकै ३ वर्र्षीय छोरा गम्भिर घाइते । दुधको मुल्य प्रतिलिटर ८ रुपैया बढ्यो , बढाइएको ८ रुपैया मध्ये ५ रुपैया ५२ पैसा किसानले र २ रुपैया ४८ पैसा दुग्ध विकास संस्थाले पाउने ।

Share This:

Labels:

No Comment to " आजका प्रमुख समचार "