Scroll To Top
News Trending

Popular Posts

Facebook Like

पखेटा युक्त कण्डमले पायो पुरस्कार


condom
यौन सम्पर्कका बेला प्रयोग गर्न सजिलो हुने गरी डिजाइन गरिएको एक अनौठो कण्डमले स्वर्ण पदक प्राप्त गरेको छ ।
नेदरल्याण्डको एक कम्पनीले बनाएको विन्जम्यान नामको उक्त कण्डमले यसको नौलो डिजाइनका कारण आइ एफ गोल्ड अवार्ड प्राप्त गरेको हो ।
नौलो डिजाइनका प्रडक्ट निर्माण गर्ने कम्पनीलाई प्रदान गरिने यो विश्वस्तरीय अवार्ड यसअघि नोकिया तथा एप्पल लगायतले समेत प्राप्त गरेका थिए ।
यौन सम्पर्कका बेला पुरुषको यौनांगमा पहिराउन दुवै हातको प्रयोग गर्नुपर्ने र होसियारी नअपनाउँदा कण्डम फुट्ने तथा बिगि्रने जस्ता समस्या हुने गरेको अवस्थामा यो नयाँ डिजाइनको कण्डम एउटै हातले पनि पहिराउन सकिन्छ ।
यो कण्डममा परम्परागत कण्डममा भन्दा निकै भिन्न अर्थात् दुइवटा पखेटा हुन्छन् दुइ साइडमा । कण्डममा हुने पखेटाले कण्डम लगाउन सजिलो हुनुका साथै एउटै हातले वा अँध्यारोमा समेत पहिरिन सकिन्छ ।
युरोपेली मुलुकहरुमा उपलब्ध यो कण्डमको मूल्य एक दर्जनको ९.९५ युरो पर्ने बताइएको छ ।

Share This:

Labels:

No Comment to " "