Scroll To Top
News Trending

Entertainment

Business

Technology

Lifestyle

Sports

Popular Posts

Facebook Like

Recent Posts

आज बडा दशैको टिका, सहित १०.५५ देखि

Wednesday, October 21, 2015 / No Comments
कार्तिक ५।  बर्सदिनको कुराइ तथा सबै नेपालीको आस्थाको प्रतिक बडा दशैँ को टिका थाप्ने दिन आज परेको छ।  बिदेसिएका छोराछोरी, आमा बाबु लगायत परिवारका सम्पूर्ण सदस्य सम्भब भए सम्म दसैमा भेला भइ खुशी सतासत गर्ने  गर्दछन। शक्ति स्वरुपा भवानीको राक्षस हरु माथिको जित भएको पौराणिक मान्यताको  खुसियालीमा देशै भरि हर्षउल्लासका साथ  ठुला बडाको हात बाट टिका आशिर्बाद थप्ने चलन छ।  मिठो मसिनो खाएर साथै पिङ्ग लगायत विभिन्न खेल खेल्दै  बर्सभारी बिछोडिएका साथीभाई सग भेटघाट गरि शुभकामना साटासाट गर्दै बिजया दसमी मनाइदै छ।  

चाडबाडमा कुन रोगीले के के खान मिल्ने ?

/ No Comments

कार्तिक ५।  दसैं आयो, खाउँला पिउँला’ भन्ने एउटा पुरानो उक्ति छ । अझै पनि गाउँघर र शहर बजारमा पनि दसैंमा मासुसहितका मिष्ठान्न परिकार खाने प्रचलन यथावत छ ।

तर, पछिल्लो समय पकाउनेदेखि खाने शैलीमा भिन्नता देख्न आएको छ । तर, दसैंसँग जोडिएका केही कुरा अझै यथावत् छन् । अरु समय खाएर वा पिएर पनि आफ्नो काममा चलायमान हुनेहरु पनि यो समयमा निश्क्रिय बस्छन ।
दसैंमा अन्य समय भन्दा बढी मासु सहित गुलियो र चिल्लो पदार्थको सेवन गर्ने आम प्रवृत्ति छ । यसतै धेरैले मदिराको सेवनलाई पनि प्राथमिकता दिन्छन । तर, यसले स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कमैले मात्र ध्यान दिन्छन्।  
रातो मासु हैन, सेतो मासु खानुस्
दसैंमा माछा मासुको प्रयोग अत्यधीक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछामासुमा पनि दसैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । खसी बोका, राँगा, बँदेल, भेंडा, च्याङ्ग्राको मासुको सेवानमा धेरैको ध्यान केन्दि्रत हुन्छ । यसबेला मासु पकाउन तेल भुटनको प्रयोग पनि बढी हुने गर्दछ ।
रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यसले युरिक एसिड पनि बढाउँछ । रातो मासुको सट्टा सेतो मासुको प्रयोग गर्दा लाभदायक हुने कुरा थारैलाई मात्र थाहा छ । कुखुरा, माछा, अष्ट्रिज, इमु लगायतको सेवन रातो मासुको भन्दा फाइदाजनक हुन्छ । रातो मासुमा अत्याधिक प्रोटिनका साथै ‘ फ्याटी एसिड’ पनि प्रशस्त मात्रामा हुन्छ । मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई सबैभन्दा बढी हानी गर्छ भने मुटु रोगको खतरा पनि निम्त्याउँछ । शरीरभित्र फ्याटी एसिडसँग कोलस्ट्रोल मिलेपछि मात्र खराब चिल्लो पदार्थ बन्छ । रातो मासु भन्नाले चारखुट्टेको मासु जनाउँछ भने सेतो मासु भन्नाले कुखुरा वा माछालाई जनाउँछ ।
रातो मासुमा स्याचुरेेटेड फ्याटको मात्रा बढी हुन्छ । यस्ता फ्याटले रगतमा कोलस्ट्रोलको मात्रा बढाउँछ । मासुका साथै यस्ता फ्याट दूधबाट बनेका कुराहरुमा पनि बढी पाइन्छ । साथै बेक गरिएका र बढी फ्राइ गरिएका कुराहरुमा यस्तो फ्याट बढी हुन्छ ।
अमेरिकन हार्ट एशोसियसनका अनुसार आफूलाई चाहिने दैनिक क्यालोरीमध्ये स्याचुरेटेड फ्याटको मात्रा ५ देखि ६ प्रतिशत भन्दा बढी हुनुहुँदैन । स्वस्थ रहनको लागि स्याचुरेटेटड फ्याट बढी भएको खानाहरु नखानु नै उत्तम हुन्छ । स्याचुरेटेड फ्याटको तुलनामा मोनो अनस्याचुरेटेड फ्याट बढी राम्रो हुन्छ । ओलिभको तेल, बदामको तेल, तिलको तेल लगायतमा यस्ता फ्याट बढी पाइन्छ । त्यसैले यस्ता तेललाई भुटनका रुपमा प्रयोग गर्नसके धेरै राम्रो हुन्छ ।
यस्तो फ्याटले रगतमा नराम्रो कोलस्ट्रोल बढ्न नदिने र राम्रो कोलस्ट्रोलको मात्रा बढाउने गर्छ । एभोक्याडो, पिनट बटर, आलसको गेडा लगायतमा यस्तो फ्याट बढी पाइन्छ । नरिवलको तेलमा स्याचुरेटेड फ्याटको मात्रा बढी हुने हुंदा यस्तो तेल बढी प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
पोलिअनस्याचुरेटेड फ्याट अर्को राम्रो किसिमको चिल्लो हो । यसले पनि नराम्रो कोलस्ट्रोल घटाई राम्रो कोलस्ट्रोल बढाउन मद्धत गर्छ ।
छालायुक्त मासु नखानुस्
छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमा चिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ । यसले पनि विभिन्न रोगहरुलाई निम्तो दिन्छ । संगै खसीबोका लगायतका जनावरको छालामा काटिएर रहेका रौ पनि रहन्छ । त्यसैले छाला नभएको मासु खान बढी स्वस्थकर हुन्छ । अन्डाको भित्री पहेँलो भागमा कोलस्ट्रोलको मात्रा बढी हुने हुँदा सेतो भाग मात्रा खाँदा स्वास्थ्यलाई लाभ मिल्छ ।
ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस्
दसैंका बेला चिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स आइसक्रिम, मह, जाम, केक लगायत पनि खानु मधुमेहीका लागि हानीकारक छ ।
सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन । ड्राइफुडसहित प्याकेजिङ फुडले स्वास्थ्यलाई फाइदा गर्दैन । बजारमा पाइने प्याकेट गरिएका धेरैजसो खाद्यपदार्थहरुमा कम्पोजिसन भनेर प्याकेटमा यस्ता कुराहरु लेखिएका हुन्छन् । अलिकति ध्यान दिने हो भने त्यस खाद्यपदार्थमा कस्ता किसिमका चिल्ला पदार्थहरु रहेछन् बुझ्न सकिन्छ ।
सोयाबिनको तेल, मकैको तेल, सनफ्लावरको तेल आदिमा पाइने पोलि-अनस्याचुरेटेड फ्याटले शरीरलाई आवश्यक पर्ने भिटाभिन इ का साथै एन्टिअक्सिडेन्टको आवश्यकता पनि पूरा गर्छ । साथै, शरीरलाई चाहिने तर शरीरमा उत्पादन नहुने ओमेगा ३ तथा ओमेगा ६ फ्याटी एसिडको आवश्यकता पनि पूर्ति गर्न मद्धत गर्छ । मुटुरोग, रक्तचाप, प्यारालाइसिस लगायत रोगबाट टाढा रहन खानामा स्याचुरेटेड फ्याटको मात्रा कम र मोनो र पोलि-अनस्याचुरेटेड फ्याटको मात्रा बढी हुनुपर्ने अमेरिकन हार्ट एसोसियशनको सल्लाह छ ।
मसला घटाउनुस्
दसैंमा परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसंगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित होइन । बजारमा पाइने रेडिमेड मसलाहरुको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्न सक्छन् ।
त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ । अझ दसैंका बेला दीर्घरोगीहरुले स्वास्थ्यको विशेष ध्यान दिन जरुरी छ । दसैंमा मनलाग्दी तवरले खानपिन गर्दा मधुमेह, उक्त रक्तचाप, मुटु र एसिडका बिमारीलाई बढी समस्या पर्न सक्छ ।
मधुमेहका बिमारीहरुले गुलियो र चिल्लो पदार्थ खानुहुँदैन । मुटु रोगीका लागि बढी चिल्लो पदार्थ खान निषेध नै छ । दसैं र तिहारमा सेवन गरिने परिकार गुलियो र चिल्लोको मात्रा धेरै हुने भएकाले यि रोगीहरु विशेष सावधान हुनुपर्छ । सेलरोटी, मिठाइ, चकलेट लगायतको प्रयोग सकेसम्म सबैले कम गर्दा फाइदा हुन्छ ।
धुम्रपान र मद्यपान नगर्नुस्
दसैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ ।
दसैं हो भनेर जथाभावी मद्यपान गर्दा सुगरर प्रेसरको समस्या बढ्न सक्छ । मुटुरोगीलाई पनि यसले पटक्कै फाइदा गर्दैन । रक्सीको सेवनले रगतमा ट्राइग्लिसेराइडको मात्रा बढाउँछ । जसले मुटुरोग, हृदयाघात र पक्षघात गराउनमा विशेष भूमिका खेल्छ । रक्सी भनेको कार्बोहाइट्रेड हो । त्यसैले शरीरको वजन बढाउन तथा रगतमा सुगरको मात्रा उच्च राख्न पनि यसको विशेष भूमिका हुन्छ । रक्सी, वाइन, वियर, जिन, लोकल, छ्याङ्, जे भने पनि सबै रक्सी नै हुन् । खाली अल्कोहोलको मात्रा मात्रै फरक-फरक हुन्छन् ।
फुड प्वाइजनबाट जोगिनुस्
यो समयमा प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदा हामीले खाएको खानेकुरा अपच भएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दसैं दशा बनेको कतिपय उदाहरण पनि छन् । चाडवाडलाई नेपालीहरु चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ ।
तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानि गर्ने गर्दछ । बढी चिल्लो, अमिलो र पिरो खानेकुरा नखाँदा नै राम्रो हुन्छ । चिल्लो, अमिलो, पीरो खानेकुराले ग्यास्टि्रक बढाउने, टन्सिल हुनेलगायतका समस्या हुन्छ । त्यसका साथै कोलस्ट्रोल बढाउने र बोसोको मात्र बढी हुन्छ, जसका कारण अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखा पर्छन् ।
कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ । त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ । दसैंमा मासु पहिले नै पकाएर राखी बासी बनाएर नखाँदा राम्रो हुन्छ । बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ । ताजा मासु खानु सबैभन्दा उपयुक्त हुने हुन्छ ।
मासु कम खाने र पकाउने विधिमा समेत विचार पुर्‍याउने बानिको विकास अहिले जरुरी छ । सकेसम्म आँखाले देखिने चिल्लो वा बोसो निकालेर थोरै मात्र तेलको प्रयोग गरी मासु पकाउनु राम्रो हुन्छ । उसिनेर पकाउँदा चिल्लो पदार्थको परिमाण कम हुन सक्छ ।
मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलस्ट्रोल बढाउने हुँदा अपच हुने, फुड प्वाइजन पनि हुन सक्छ । मासुलगायत दसैंमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्यास्टि्रक बढ्ने समस्या हुनु सामान्य हो ।
शाकाहारीमा जोड दिनुस्, ब्यायम गर्नुस्
दसैंमा खानाको मात्रा सबैका लागि एकनास भने हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै काम गर्नेले थोरै खानुपर्छ । काम कम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछामासु खाएमा हानि हुँदैन । उच्च फाइबरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात नै हुन् । अंकुरित गेडागुडी र ताजा तरकारी खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकै लगायतले पनि मुटुलाई फाइदा पुर्‍याउँछ ।
मासु खाएपनि हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रुपमा खानुपर्छ । सँगै दसैंमा काम नगरी विभिन्न खेलमा रमेर बस्ने, टिभीमै केन्द्रित हुने लगायत अल्छी प्रवृत्ति पनि हुन्छ । त्यसले रोगीहरुको स्वास्थ्य झन बिगि्रनछ ।
सामान्य मानिसको पनि स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसैले व्यायाम गर्ने, नियमित रुपमा हिँडडुल गर्ने र सक्रिय काममा सहभागी हुने गरेमा खाना पचाउन सहयोग पुग्छ नै शरीमा स्फुर्ति पनि बढ्छ ।


from SHYANE http://ift.tt/1KpbIrw
via समाचार

अाज महाअष्टमी, शक्तिपीठहरूमा पूजाअाज गरिँदै

Tuesday, October 20, 2015 / No Comments
कार्तिक ४।  आश्विन शुक्ल अष्टमीका अवसरमा बुधबार देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।
यस दिन विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए ।
देवी भागवतमा उल्लेख भएअनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली यसै अष्टमीका दिन उत्पन्न भएकी थिइन् ।
महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।
पूजापश्चात् बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ भने मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।
महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।


from SHYANE http://ift.tt/1Xj30nR
via समाचार

ह्याकरले बनाए हत्यारा पेनड्राइभ, खरानी बनाइदिन्छ टिभी र कम्प्युटर

/ No Comments
यसको नामै हो ग्याजेट किलर । किनकी यसले तपाइँको कम्प्युटर देखि लिएर टेलिभिजन सबैलाई खरानी बनाइदिन सक्छ । एकजना रुसी ह्याकरले यस्तो पेनड्राइभको निर्माण गरेका छन् जसले जुनसुकै ग्याजेटलाई तत्कालै फ्राइ गरिदिन सक्छ ।
युएबी किलर भी टू नामको यो पेनड्राइभ घुसार्ने बित्तिकै यसले उक्त ग्याजेटमा २२० भोल्टको करेन्ट प्रवाह गरिदिन्छ । जसका कारण ल्यापटप देखि लिएर टेलिभिजन सम्म, जसमा यो पेनड्राइभ घुसार्न मिल्न सबै विस्फोट भैहाल्छन् ।
रुसीसेक्योरिटी अनुसन्धानकर्ता समेत रहेका र डार्क पर्पलको नामले चिनिने ती ह्याकरले आफुले निर्माण गरेको पेनड्राइभको शक्ति प्रमाणित गर्नका लागि एक भिडियो बनाएर सार्वजनिक गरेका छन् । जसमा उक्त पेनड्राइभ घुसार्दा एउटा ल्यापटप विस्फोट भएको देख्न सकिन्छ ।
उनले यो पेनड्राइभका कारण युएसबी पोर्ट भएका हरेक डिभाइस खतरामा परेको चेतावनी दिएका छन् । लगभग सबैजसो स्मार्टफोनले युएसबी मोड सपोर्ट गर्नुका साथै टेलिभिजन, कम्प्युटर, राउटर तथा मोडेमहरु सबैलाई उक्त पेनड्राइभले निस्तेज बनाइदिन सक्ने उनको भनाइ छ ।
यस्तो भयानक पेनड्राइभ निर्माण भएको खबर सार्वजनिक भएसँगै प्रविधि सुरक्षा विज्ञहरुले आफ्नो डिभाइसमा जस्तो पायो त्यस्तो पेनड्राइभ नघुसार्न सल्लाह दिएका छन् ।
यसअघि ११० भोल्ट करेन्ट प्रवाह गर्ने हत्यारा पेनड्राइभ बनाएका ती ह्याकरले पछिल्लो पेनड्राइभ बेच्ने तथा प्रयोग गर्ने आफ्नो कुनै योजना नभएको जनाउँदै भनेका छन् : यो एटम बम जस्तै हो, राख्दा मज्जा हुने तर प्रयोग गर्न नसकिने ।


from SHYANE http://ift.tt/1jzTzlC
via समाचार

बडादसैंको सातौं दिन आज फूलपाती,शक्तिपीठमा पूजाआजा गरिँदै

Monday, October 19, 2015 / No Comments
कार्तिक ३।  हिन्दूहरुको महान चाड बडादसैंको आज (मंगलबार) सातौं दिन । घरघरमा स्थापना गरिएको देवी समक्ष फूलपाती अर्पण गर्न फूलपाती भित्र्याइँदै छ ।

फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्रयाउने प्रचलन छ । नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ ।
सो दिन विशेषगरी विद्यार्थीले महासरस्वती तथा पुस्तक, कापी, कलम, मसीदानी आदिको समेत पूजा गर्ने प्रचलन छ । अध्यक्ष गौतमका अनुसार कृषकहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्रयाउने गर्छन् ।

धादिङको जीवनपुरबाट ल्याइएको फूलपाती आज अपराह्न साढे ४ बजे पर्सिएर दसैंघरमा भित्र्याउने तयारी छ । सर्वसाधारणले परम्पराअनुसार हनुमानढोका दरबारको पश्चिम मूलढोकामा परिसरबाट फूलपाती उत्सव अवलोकन गर्न पाउने छन् ।

यसैगरी, हनुमानढोका ठूलो घन्ट अगाडिको कडेल्चोक भगवतीमा फूलपाती भित्र्याउन एक टोली नुवाकोट गएको छ । यो भगवतीमा पनि सेनाले उत्सवका साथ फूलपाती भित्र्याउने चलन छ । नेपाली सेनाले परम्पराअनुसार टुंडिखेलमा आज फूलपाती बढाइँको तयारी गरेको छ ।

बडादसैंका अवसरमा हिन्दू धर्मावलम्बीले सोमबार कालरात्री देवीको पूजन गरेका थिए । यो वर्ष तिथिमा घटबढ पर्न गएकाले आज महागौरी र बुधबार सिद्धिदात्रीको स्तुति गर्न उपयुक्त हुने राष्ट्रिय धर्म सभाले जनाएको छ ।

बडादसैंका अवसरमा पशुपतिस्थित राजराजेश्वरी, गुहेश्वरी, भुवनेश्वरी, वनकाली, झंकेश्वरी, पाटनको बंगलामुखी, चामुन्डादेवी, भीमसेनगोलाको कात्यायनीलगायतका पीठमा भक्तजनको भीड बढेको छ ।


from SHYANE http://ift.tt/1XgD6RA
via समाचार

चर्चित विश्व किर्तिमान, तोड्ने हिम्मत छ ?

/ No Comments
दुनियामा विभिन्न कामकुरामा मानिसहरुले किर्तिमान राखिरहेका हुन्छन् । कतिपयले सकारात्मक कामका लागि किर्तिमान राख्छन् तर कतिले उरन्ठेउला काम गरेरै भएपनि गिनिज बुकमा नाम लेखाउँछन् । दुनियाकै सबैभन्दा बिकाउ विषय मानिएको सेक्सका विषयमा किर्तिमान राख्न नचाहनेे मानिस कमै होलान् तर हिम्मत र क्षमता सबैमा हुने कुरा भएन । तर सबैले किर्तिमानै राख्नुपर्छ भन्ने कहाँ छ र ? पढेरै आनन्द लिँदापनि त हुन्छ । ल आउनुहोस् जानिराखौँ यौन सम्बन्धी केही रोचक विश्वकिर्तिमानहरु :
  • विश्वमा सबैभन्दा शक्तिशाली वियस्खलन गर्ने व्यक्तिको नाम हो हस्र्ट स्चल्ज । उनले विर्य स्खलन गरेर ६ मिटर टाढा, १२ फिट ४ इन्च माथि ४२.७ माइल प्रतिघण्टाको गतिमा स्खलन गर्दै विश्वकिर्तिमान कायम गरेका छन् ।
  • मानिसलाई एक घण्टामा सबैभन्दा धेरै कतिपटक सम्म उत्तेजना तथा चरम आनन्द प्राप्त हुन सक्ला ? अमेरिकाको क्यालिफोर्नियास्थित म्यारिटल एण्ड सेक्सुअल स्टडिज सेन्टरका शोधकर्ताले गरेको अध्ययन अनुसार उनीहरुले महिलाले एक घण्टामा १३४ पटक तथा पुरुषले १६ पटक सम्म चरम आनन्द अर्थात् अर्गाज्म प्राप्त गर्न सक्छन्, जुन अहिलेसम्मकै बढि हो । साथै एक अर्को अध्ययन अनुसार महिलामा हुने चरम आनन्दको सबैभन्दा लामो समय ४३ सेकेण्ड हो ।
  • विश्वमा सबैभन्दा धेरै विर्य निलेको किर्तिमान अमेरिकाकी मिचेल मोनाहानको नाममा छ । उनले सन् १९९१ को जुलाइमा लस एन्जल्समा आफ्नो पेटभित्रबाट आफुले पहिले निलेको १.७ पिन्ट विर्य वान्ता गरेर विश्वरेकर्ड कायम गरेकी हुन् ।
  • विश्वमा अहिलेसम्मकै सबैभन्दा लामो गुप्तांगको रौँको लम्बाइ कति छ ? दक्षिण अफ्रिकाको केपटाउनकी माओनी भी विश्वमा सबैभन्दा लामो गुप्तांग रौँ भएकी महिला हुन् । उनको गुप्तांगको रौँको लम्बाइ २८ इन्च थियो भने काखीको रौँको लम्बाइ ३२ इन्च ।
  • विश्वमा सबैभन्दा बलियो योनी भएकी महिला रुसकी तातिएता कोझेव्निकोभा हुन् । ४२ वर्षकी तातिएताल आफ्नो योनीको सहायताले ३१ पाउण्ड तौल उठाएर किर्तिमान कायम गरेकी हुन् ।
  • एक दिनमा सबैभन्दा धेरै पुरुषसँग सम्भोग गर्ने महिला अमेरिकाकी लिजा स्पार हुन् । चर्चित पोर्नस्टार लिजाले सन् २००४ मा एकैदिन ९१९ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
  • विश्वमा सबैभन्दा लामो हस्तमैथुन गर्ने व्यक्तिको नाम मासानोबु सातो हो । सन् २००९ मा अमेरिकामा भएको हस्तमैथुन म्याराथनमा उनले ९ घण्टा ५८ मिनेटसम्म लगातार हस्मैथुन गरेका थिए ।
  • विश्वमा अहिलेसम्मको सबैभन्दा लामो लिंगको लम्बाइ ३४ सेन्टिमिटर छ । जोन फाल्कोन नामका व्यक्तिले सबैभन्दा लामो लिंगमा किर्तिमान कायम राखेका छन् ।
  • विश्वमा सबैभन्दा ठूलो योनीको किर्तिमान चाहीँ अन्ना स्वानको नाममा छ । उनको योनीको परिधी १९ इन्च थियो ।
  • विश्वमा सबैभन्दा बलियो लिंग भएका व्यक्ति हुन् हंगकंगका मो का वांग । उनले सन् १९९५ मा आफ्नो लिंगले अढाइ सय पाउण्ड वजन उठाइदिएका थिए ।


from SHYANE http://ift.tt/1PD3gvH
via समाचार

NTC ले ल्यायो रिचार्ज गर्ने नयाँ तरिका

Sunday, October 18, 2015 / No Comments
कार्तिक २।  नेपाल टेलिकमले कार्तिक १ गतेदेखि अर्थात् आजदेखि इन्टरेक्टिभ भ्वाइस रेस्पोन्स ( IVR) १४१२ मार्फत् सीअारबीटी र सीएस सिस्टमबाट कम्पनीका कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने नयाँ व्यवस्था गरेको छ।
जसअनुसार अाइभीअार १४१२ मार्फत् तेस्रो पक्ष रिचार्ज सेवा कम्पनीको  कम्पनीको एनटी रिचार्ज कार्डमार्फत विभन्न सेवाहरु उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत पीएसटीएन महशुल भुक्तानी, एडिएसएल रिचार्ज, जीएसएम पोस्टपेड महशुल भुक्तानी, जीएसएम प्रिपेड महशुल भुक्तानी, सिडीएमए प्रिपेड टपअप, सिडिएमए पोष्टपेड महशुल भुक्तानी र वाइम्याक्स रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
नमस्ते  रिचार्ज कार्ड प्रयोग गरी १४१३ मार्फत् पीएसटीएल सेवाको बिल भुक्तानी, जीएसएम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र एडीएसएल सेवाको महशुल भुक्तानी गर्ने सेवा पनि यथावत रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।


from SHYANE http://ift.tt/1VZQJlF
via समाचार